रुस-युक्रेन संकट : नेटोले पूर्वी यूरोपमा युद्ध पोत र लडाकु विमान पठायो
रुस-युक्रेन संकट : नेटोले पूर्वी यूरोपमा युद्ध पोत र लडाकु विमान पठायो
    • बेल संचार

    • ११ माघ २०७८, मंगलवार

युक्रेन मुद्दाबारे रूस र पश्चिमा देशबीच जारी तनाव बढेको छ ।  सोमबार नेटोले पूर्वी युरोपमा अतिरिक्त लडाकू विमान र युद्ध पोत तैनाथीको घोषण गरेसँगै युक्रेन संकट थप गहिरिएको बीबीसीले जनाएको छ।

उता, युक्रेनमाथि रूसको हमलाको आशंकाका बीच आयरल्याण्डले पनि आफ्नो तटीय क्षेत्रमा युद्ध जस्तो अवस्था उत्पन्न हुन नदिने जनाएको छ ।

 

युक्रेनमाथि रूसी हमलाको अवस्थामा अमेरिका र यूरोपीय संघ कडा जवाफी कार्वाहीको लागि साझा कदम उठाउने सम्भावना बारे छलफल गरिरहेका छन् ।

रूसले आफ्नो छिमेकी देश युक्रेनको सीमामा करिब एक लाख सैनिक र ठूलो संख्यामा हतियार तैनाथ गरेको छ । यसलाई लिएर तनावको अवस्था बनेको छ ।
तर रुसले भने युक्रेनमाथि आक्रमण गर्ने योजनालाई अस्वीकार गर्दै आएको छ ।

साताकाे चर्चित
सम्बन्धित