प्रदेशसभा सदस्य चढेको गाडी दुर्घटना   
   प्रदेशसभा सदस्य चढेको गाडी दुर्घटना   

 सो गाडीमा सवार गाउँपालिका अध्यक्ष किशुचन्द चौधरी र उपाध्यक्ष शान्तादेवी ज्ञवाली पनि घाइते हुनुभएको छ ।

    • बेल संचार

    • १२ माघ २०७८, बुधबार

देउखुरी, १२ माघ (रासस) :
राष्ट्रियसभा सदस्य निर्वाचनमा सहभागी हुन आज दाङको घोराही आउँदै गर्दा लुम्बिनी प्रदेशसभा सदस्य तुलसी चौधरी सामान्य घाइते हुनुभएको छ ।

उहाँ सवार शुद्धोदन गाउँपालिकाको बा२झ ३४४४ नंको स्कारपिओ गाडी गढवा गाउँपालिकाको कालाकाँटेमा लु१प २५८४ नंको ट्रकसँग ठक्कर खाएको थियो । उहाँको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनुभयो ।

सो गाडीमा सवार गाउँपालिका अध्यक्ष किशुचन्द चौधरी र उपाध्यक्ष शान्तादेवी ज्ञवाली पनि घाइते हुनुभएको छ । घाइते दुवै जनाको भालुवाङ अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित