वैदेशिक रोजगारीका लागि बिदेश जानू अहिले घरबार बिगार्नु जस्तै भैसकेको छ । घर परिवारलाई राम्रोसगँ पालनपोषण गर्ने सोचले बिदेश गएका कतिपयको न परिवार हुन्छ न त कमाएको सम्पत्ति नै रहन्छ । यस्तै घटना छ भोजपुर जिल्लाको साङ्पाङ गाविस वडा नं २ निवासी पुष्प बहादुर सुनुवारको । उनी अहिले दक्षिण कोरियामा छन । उनी वैदेशिक रोजगारको लागि दक्षिण कोरिया गएको ठ्याक्कै साढे ३ बर्ष पुगेको छ । ५ बर्ष अघी पुष्प बहादुर सुनुवार भोजपुरकै टक्सार गाविस वडा नं ६ का रमिना श्रेष्ठसँग विवाह बन्धनमा बाधिएका हुन । दुवैको परिवार खुशी नै थिए ।
तर अहिले उनकी श्रीमती रमिना श्रेष्ठ सम्पर्कविहिन भएको २ महिना भएको छ । ५ बर्षिय छोरा साथमा रहेको उनी अहिले कहाँ छिन थाहा पत्तो छैन । पुष्पकी श्रीमती रमिनाले यस अघि बस्दै आएको काठमाडौको गौरिघाटस्थित रहेको डेरा समेत परिवर्तन गरेछन् । पुरानो डेरा सारेपछि उनी ललितपुरको ठाइबास्थित बसेको जानकारी पाइयो तर अहिले भन्ने पुष्प मात्रै होइन पुष्पका आफन्तलाई समेत पत्तो छैन उनी कहाँ छिन् भन्ने कुरा । तर यता श्रीमती रमिनाको माइती पक्षका आफन्तले भने थाहा नभएको भन्दै रमिनाबारे बोल्न चाहिरहेको देखिदैन । पुष्पले सकेसम्मको तरिका अपनाए तर श्रीमती सम्पर्कविहिन भएपछी उनी चिन्तामा छन । उनका आफन्त र चिनजानकाहरुसँग बुझ्न खोजे पनि कसैले केही चासो लिएको छैन । पुष्पकी श्रीमतीको भाइ र बहिनीलाई ऋणस्वरुप पठाएको पैसा पनि फिर्ता पाउन सकेको छैन । माइती पक्षले भने पुष्पको फोन कल ब्लक लिस्टमा राखेको बताए ।