खाँडाचक्रमा डडुवा रोगले आलु नष्ट   
खाँडाचक्रमा डडुवा रोगले आलु नष्ट   

कालीकोटको खाँडाचक्र नगरपालिका–११ स्थित रेगिल गाउँका किसानहरुले लगाएको आलु बाली डडुवा रोगले नष्ट भएको छ ।

    • बेल संचार

    • १५ माघ २०७८, शनिबार

मान्म,

कालीकोटको खाँडाचक्र नगरपालिका–११ स्थित रेगिल गाउँका किसानहरुले लगाएको आलु बाली डडुवा रोगले नष्ट भएको छ । डडुवा रोगले स्थानीय किसानहरुले करिब पाँच बिगाहा जमिनमा लगाएको आलु बाली नष्ट भएको हो ।
आलुबाट आम्दानी राम्रो हुने भएकाले पुरै गाउँका किसानहरुले आलु लगाएको तर रोग लागेपछि पुरै नष्ट भएको स्थानीय किसान मनसरा शाहीले बताउनुभयो । “विगतमा आलुबाट हामीले राम्रै आम्दानी लिने गरेका थियौं”, उहाँले भन्नुभयो, “यो वर्ष के भएर हो खै गाउँमा लगाएको सबै आलु नष्ट भएको छ ।”

नगरपालिकाको कृषि शाखाबाट अनुगमन गर्दा डडुवा रोगबाट आलु नष्ट भएको जानकारी आएको नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताउनुभयो । “डडुवाले आलु नष्ट भएका किसानलाई राहत दिइनेछ ।”

केही बारीमा रोगले छुन नसकेपनि केहीबारीमा पुरै नष्ट भएको नगरपालिका कृषि शाखाका प्रमुख भक्तिप्रसाद पाण्डेले जानकारी दिनुभयो । “हामीले अनुगमन गर्दा रसायनिक विषादी प्रयोग गरेको तर प्राविधिक सरसल्लाह विना प्रयोग गरेको देखिएको हुनाले एकदमै डडुवा रोगको समस्या आएको पायौं”, उहाँले भन्नुभयो, “रोग नियन्त्रण गर्न आवश्यक प्रक्रिया .थालेका छौ ।

साताकाे चर्चित
सम्बन्धित