मेष–यो साता लाभदायक यात्राको योग छ । शुभकार्यको चर्चा चल्नेछ । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्य सम्पादन हुनेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । मिष्ठान्न भोजन प्राप्त होला । धार्मिक यात्राको योग पनि रहेको छ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यको दर्शन गरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
वृष–यो साता विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । मनमा वैराग्यको भावना पलाउन सक्छ । मङ्गलवारबाट मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग सिन्दुरे वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
मिथुन–यो हप्ता बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कृषिकर्म र व्यावसायिक काममा पनि प्रशस्त फाइदा हुनेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग सेतो वा हरियो हो । कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि माता बगलामुखीको स्मरण गरी कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
कर्कट–यो साता चिताएको कामले तीव्रता लिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । धर्मकर्ममा मन लाग्नेछ । साताको अन्त्यमा घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । जग्गा जमिनको कारोबारमा पनि सफलता मिल्न सक्छ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
सिंह–यो साता नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग नीलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कन्या–यो साता धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । न्यायिक कार्यमा पनि सफलता मिल्नेछ । मध्य सातामा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग गुलाबी वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
तुला–यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । प्रेम जीवन सुखद् रहनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वाहन लाभ पनि हुनेछ । मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला । स्वास्थ्य प्रति पनि सजग रहनु पर्छ । यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग आकाशे सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु अघि शिवजीको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
वृश्चिक–यो साता बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । पारिवारिक सहयोगले कार्यहरू अगाडि बढ्नेछन् । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । कुटुम्बको सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
धनु–यो सातामा राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सेवा र सहयोग गर्ने समय आएको छ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ । मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
मकर–यो साताको सुरुका दिनमा मनमा दुबिधा उत्पन्न हुनेछ । सामान हराउने वा चोरी हुने भय छ । शेयर बजारले पनि साथ नदेला । साताको अन्त्यमा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग खैरो या घ्यु रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कुम्भ–यो साता बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सम्पादन हुन सक्छ । भोज भतेरमा सहभागी भइनेछ । पुँजी बजारले पनि साथ दिनेछ । बुधवारबाट आत्मबलमा कमी आउने छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । कर्मक्षेत्र पनि संघर्षशील रहनेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग कालो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको पूजा गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
मिन–यो हप्ता दैनिक कार्यमा प्रगति र सफलता मिल्नेछ । सामाजिक प्रतिष्ठा कमाउन सकिनेछ । प्राविधिक र कृषिका काममा सफलता मिल्नेछ । धार्मिक कार्य र तीर्थाटनको योग पनि छ । मध्य सातामा सामान हराउन सक्छ । स्वास्थ्य प्रति पनि सजग रहनु पर्छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि माता नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।