शहरमा भन्दा गाउँमा कोरोनाको जोखिम बढी
शहरमा भन्दा गाउँमा कोरोनाको जोखिम बढी

उक्त अभियानअन्तर्गत प्रहरीले मास्क नलगाउने तथा अटेर गर्नेलाई दिपायल पिपल्लाचोकमा रहेको होल्डिङ सेन्टरमा दुई घण्टा राखेर सम्झाइबुझाइ गरी मास्क किन्न लगाएर छाड्ने गरेको छ ।    

    • बेल संचार

    • १६ माघ २०७८, आईतवार

यसैगरी प्रहरीले यहाँ सञ्चालन हुने सवारीसाधनका चालक, सहचालक तथा यात्रुलाई समेत मास्क तथा स्यानिटाइजर वितरण गर्न थालेको छ ।

उक्त अभियानअन्तर्गत प्रहरीले मास्क नलगाउने तथा अटेर गर्नेलाई दिपायल पिपल्लाचोकमा रहेको होल्डिङ सेन्टरमा दुई घण्टा राखेर सम्झाइबुझाइ गरी मास्क किन्न लगाएर छाड्ने गरेको छ ।

जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० पुगेको छ । रोजगारीका लागि छिमेकी मुलुक भारत गएका नागरिक त्यहाँ कोरोना जोखिम बढेपछि अहिले आ–आफ्ना घर फर्किन थालेका कारण उनीहरुसँगै सङ्क्रमण भित्रिन थालेको स्वास्थ्यकर्मी बताउँछन् । जिल्लामा सहर बजारभन्दा पनि गाउँमा सङ्क्रमित हुने बढेपछि स्थानीयवासीमा चिन्ता थपिएको शिखर नगरपालिका–१० का हरिलाल धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँमा कोरोनाबाट जोगिन कसैले पनि सुरक्षा रणनीति अपनाएको देखिँदैन, गाउँमा कोरोना फैलिए स्थिति भयावह हुने भन्दै स्थानीयवासीमा त्रास पैदा भएको छ ।”

साताकाे चर्चित
सम्बन्धित