मनाइयो सहिद दिवस, लैनचौर पुगेर श्रद्धाञ्जली दिए प्रधानमन्त्री देउवाले
मनाइयो सहिद दिवस, लैनचौर पुगेर श्रद्धाञ्जली दिए प्रधानमन्त्री देउवाले

प्रधानमन्त्री शेरबहादुर देउवाले लैनचौर पुगेर सहिदहरूलाई श्रद्धाञ्जली दिएका छन्।

    • बेल संचार

    • १६ माघ २०७८, आईतवार

आज विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइँदैछ।

प्रधानमन्त्री शेरबहादुर देउवाले लैनचौर पुगेर सहिदहरूलाई श्रद्धाञ्जली दिएका छन्।

सहिद दिवसका अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा प्रजातन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन गुमाएका सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति आज श्रद्धाञ्जली अर्पण गरेका हुन्।

मुलुकमा राजनीतिक परिवर्तन, नागरिक स्वतन्त्रता र विधिको शासन स्थापना गर्ने जोखिमपूर्ण आन्दोलनमा खटिएका सबै सहिद मुलुकका सच्चा सपूत भएको उनको भनाइ छ।

प्रधानमन्त्री देउवाले आजै विज्ञप्ति जारी गर्दै व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि अहोरात्र सङ्घर्षमा खटिने सहिदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई आज जनताको शासन स्थापित हुन सकेको उल्लेख पनि गरेका थिए।

साताकाे चर्चित
सम्बन्धित