संसारकै शक्तिशाली सेनाकी अधिकृत जागिर छोडेर पोर्नस्टार बनिन्
संसारकै शक्तिशाली सेनाकी अधिकृत जागिर छोडेर पोर्नस्टार बनिन्
    • Bell Sanchar

    • १७ माघ २०७८, सोमबार

काइली गुनर नामकी एक युवतीले संसारकै शक्तिशाली मानिने अमेरिकी सेनाको जागिर छोडेर पोर्नस्टार बनेकी छिन् । उनले अमेरिकी सेनामा ५ वर्ष काम गरिन् । उनी सेनामा सार्जेन्ट पदमा कार्यरत थिइन् । ५ वर्ष काम गरिसकेपछि उनले सैनिक सेवा छोडेर वयस्क फिल्म उद्योगमा आउने निर्णय गरिन् । काइली गुनर अहिलेसम्म २ वयस्क फिल्ममा देखिइसकेकी छिन् । उनी एक चर्चित वयस्क साइटमा पनि निकै सक्रिय छिन् । उनले आफ्नो करिअर बदल्ने निर्णय किन गरिन् भन्ने बारेमा बताएकी छिन् ।

ग्लोबल फायरपावर्स कम्प्रिहेन्सिभ इन्डेक्स अनुसार अमेरिकी सेनालाई संसारकै सबैभन्दा शक्तिशाली सेना मानिन्छ । डेलीस्टारका अनुसार काइलीले अमेरिकी सेनाको जागिर छोडिन् र अहिले उनी पोर्न उद्योगमा सक्रिय भएकी छिन् । उनले आफ्नो नयाँ करिअर नयाँ र रोमाञ्चक हुने अपेक्षा गरेकी छिन् । उनले प्रसारण संचार अध्ययन गरेकी छिन् ।

उनी भन्छिन् ‘मलाई क्यामेरा फेस गर्ने अनुभव धेरै छ । यस्तोमा वयस्क उद्योगमा जानु मेरो लागि तार्किक कदम लाग्यो । म सधैं यो उद्योगमा काम गर्ने इच्छा राख्थें । मलाई थाहा थियो कि यही त्यो क्षेत्र हो जहाँ म जान चाहन्थें । अब म यहाँ आउकी छु त्यसैले दुनियाँलाई देखाउन सक्छु कि म के गर्न सक्छु ।’

उनीसँग सेनाको अनुभवको बारेमा सोधिँदा उनले आफूले अमेरिकी सेनामा सबैभन्दा असल मानिसहरुलाई भेटेको बताइन् । उनले अमेरिकी सेनाका सैनिकहरुसँगको मित्रता सबैभन्दा अलग अनुभव भएको बताइन् । उनले आफूलाई मन पर्ने हतियार एम २४० मेसिन गन भएको पनि बताइन् । उनको छनोट स्क्वाड सपोर्टको भूमिकाको लागि भएको थियो जहाँ उनी साथीहरुलाई बलियो बनाउने काम गर्थिन् ।

साताकाे चर्चित
सम्बन्धित