उर्वशी रौतेलाले आखिर कस्तो पहिरन लगाइन् ? जसको मूल्य ६४ करोड रुपैयाँ पर्छ
उर्वशी रौतेलाले आखिर कस्तो पहिरन लगाइन् ? जसको मूल्य ६४ करोड रुपैयाँ पर्छ
    • बेल संचार

    • १७ माघ २०७८, सोमबार

काठमाडौं। पूर्व मिस युनिभर्स तथा अभिनेत्री उर्वशी रौतेलाले हालै अरब फेशन विकमा सहभागिता जनाएकी छिन् । यसका साथै उनी अरब फेशन विकमा २ पटक सहभागी हुने एकमात्र भारतीय बनेकी छिन् । यस पटक भने उर्वशीको भन्दा फेशन विकमा उनले लगाएको गाउनको चर्चा बढी भइरहेको छ । यसरी गाउनको चर्चा हुनुको कारण त्यो गाउनको विशेषता र यसको मूल्य हो । यो गाउनको मूल्य ४० करोड भारतीय रुपैयाँ अर्थात ६४ करोड नेपाली रुपैयाँ पर्छ ।

उर्वशीले अरब फेशन विकमा थाइ हाइ स्लिट गोल्डेन गाउन लगाएकी थिइन् । हीरा जवाहरातबाट तयार गरिएको यो गाउनमा उर्वशी कुनै महारानीभन्दा कम देखिएकी थिइनन् । शीरदेखि पाउसम्म गहनाले बनेको गाउनमा उर्वशीको लुक शानदार देखिएको थियो । यो गाउनको मूल्य ४० करोड भारतीय रुपैयाँ बताइएको छ । एक रिपोर्टका अनुसार उर्वशीले ४० करोडको क्लियोपेट्रा रियल गोल्ड एण्ड डायमण्ड गाउन लगाएकी थिइन् ।

साताकाे चर्चित
सम्बन्धित