ट्विट हटाइदिन अनुरोध गर्नेमा जापान सबैभन्दा अगाडि
ट्विट हटाइदिन अनुरोध गर्नेमा जापान सबैभन्दा अगाडि
    • बेल संचार

    • १७ माघ २०७८, सोमबार

यस वर्षको पहिलो अर्धवार्षिक अवधिमा ट्विटरमा गरिएका पोष्ट हटाइदिन अनुरोध गर्ने मामिलमा जापानले सबै देशहरुलाई उछिनेको छ । अमेरिकी माइक्रोब्लगिङ वेबसाइट कम्पनी ट्विटर इंकले हालै एक प्रतिवेदनमा यस्तो बताएको हो ।

संसारभरबाट कम्पनीले सन् २०२१ को जनवरी–जुन अवधिमा कानूनी रुपमै ट्विट हटाइदिन पाएकोमध्ये जापानको अनुरोध ४३ प्रतिशत छ । सो प्रतिवेदनमा कम्पनीले अदालती आदेश र सरकारी निकाय तथा व्यक्तिहरुको प्रतिनिधित्व गर्ने वकिलहरुबाट आएको अन्य औपचारिक माग देखाएको छ । समीक्षा अवधिमा कम्पनीले कूल ४३ हजार ३८७ ओटा अनुरोध पाएको थियो । यो मध्ये १८ हजार ५१८ ओटा अनुरोध जापानको थियो ।

जापानबाट आएको अधिकांश अनुरोध लागू पदार्थ, लागू औषध नियन्त्रण, अश्लिलता वा वित्तीय क्षेत्रसँग सम्बन्धित अपराध आदिबारे थिए । प्रतिवेदनअनुसार सन् २०२० को पहिलो अर्धवार्षिक अवधिको तुलनामा सन् २०२१ को पहिलो अर्धवार्षिक अवधिमा जापानको अनुरोध ११ प्रतिशले बण्ेको छ । सन् २०२० को पहिलो र दोस्रो अर्धवार्षिक अवधिमा भने अमेरिका सबैभन्दा ठूलो अनुरोधकर्ता थियो ।

कूलमध्ये ९५ प्रतिशत अनुरोध जापान, रुस, टर्की, भारत र दक्षिण कोरियाको छ । कूल मागमा रुसको हिस्सा २५ प्रतिशत छ । यीमध्ये दुई तिहाईभन्दा धेरै आत्महत्याका लागि उक्साउने गतिविधि रोक्ने कानूनसम्बन्धी थियो । कूल अनुरोधमा टर्कीको हिस्सा १३ प्रतिशत छ । कुनै ट्विटले स्थानीय कानूनको उल्लंघन गरेको छ भने कानूनी रुपमा त्यस्ता ट्विट हटाउन माग गरिन्छ । के गर्ने भनेर निर्णय गर्नु अघि ट्विटरले त्यस्तो मागको समीक्षा गदर्छ ।

साताकाे चर्चित
सम्बन्धित