जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष भट्टराईले एमसिसी सम्झौता पारित गर्नुपर्ने बताए
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष भट्टराईले एमसिसी सम्झौता पारित गर्नुपर्ने बताए

भट्टराईले सर्वसम्मतिले एमसिसी सम्झौता संसदबाट पारित गर्नुपर्ने बताएका छन्।

    • बेल संचार

    • १७ माघ २०७८, सोमबार

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले एमसिसी सम्झौता पारित गर्नुपर्ने बताएका छन्।

उनले एमसिसी सम्झौता आलटाल नगरी पारित गरिनुपर्ने बताएका हुन्।

भट्टराईले सर्वसम्मतिले एमसिसी सम्झौता संसदबाट पारित गर्नुपर्ने बताएका छन्। यसबारे जनतालाई बुझाउनुपर्ने पनि उनको भनाइ छ।

‘एमसिसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं,’ ट्वीट गर्दै भट्टराईले भनेका छन्, ‘सबै एकमुख भएर जनतालाई बुझाऔं।’

एमसिसीकै बाहनामा सत्तारूढ गठबन्धनमा समस्या उत्पन्न हुन नहुने उनले उल्लेख गरेका छन्।

‘यही बाहनामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढीवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस्,’ भट्टराई भन्छन्, ‘देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस्। शक्ति केन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्।’

सत्तारूढ गठबन्धनका बैठकमा एमसिसी पारित गरेर जानुपर्ने विषयमा कुराकानी भएका खबरहरू आइरहेका छन्। यसबारे भट्टराईले आफ्ना धारणा राख्दै सर्वसम्मतिले एमसिसी सम्झौता पारित गरिनुपर्ने उल्लेख गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित