अतिविपन्न सुत्केरी आमालाई सहयोग   
   अतिविपन्न सुत्केरी आमालाई सहयोग   

 जिल्ला अस्पतालमा सुत्केरी भएकामध्ये विपन्नलाई रु तीन हजार ७५० बराबरको आर्थिक सहयोग गरिएको उहाँले बताउनुभयो छ ।

    • बेल संचार

    • १७ माघ २०७८, सोमबार

सिमकोट, 
जिल्लाका अतिविपन्न सुत्केरीलाई आर्थिक सहयोग गरिएको छ । जिल्ला अस्पताल हुम्लाका नर्स केसाङ डोल्मा लामाले विभिन्न सामाजिक संस्थाको आर्थिक सहयोगमा जिल्लाका उनीहरुलाई चामल, दाल, नुन, चिनी, तेल र अण्डा सहयोग गरिएको जानकारी दिनुभयो ।

जिल्ला अस्पतालमा सुत्केरी भएकामध्ये विपन्नलाई रु तीन हजार ७५० बराबरको आर्थिक सहयोग गरिएको उहाँले बताउनुभयो छ । मोबाइलमा एप्सको प्रयोग गरेर कोर्डका आधारमा उनीहरुलाई खाद्यान्नदेखि सरसफाइका सामग्री सहयोग गरिँदै आइएको जनाइएको छ ।

 

साताकाे चर्चित
सम्बन्धित