१२७ कामदारमा काेराेना संक्रमण, नागढुङ्गा सुरुङमार्ग निर्माणको काम सुस्त
१२७ कामदारमा काेराेना संक्रमण, नागढुङ्गा सुरुङमार्ग निर्माणको काम सुस्त
    • बेल संचार

    • १८ माघ २०७८, मंगलवार

देशभर कोरोनाको तेस्रो लहर फैलिरहँदा बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको नागढुङ्गा सुरुङमार्ग निर्माणको काम  सुस्त भएको छ ।

यहाँ कार्यरत १ सय २७ जनामा संक्रमण देखिएपछि केही दिनयता निर्माण नियमित गतिभन्दा केही सुस्त भएको हो ।

कामदार निर्माणस्थलमा नै आइसोलेशन मा बसिरहेका र अरु कर्मचारी आआफ्नो घरमा नै रहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ ।

निर्माणस्थलमा सामान्य अवस्थामा ५ सय ६० जना कार्यरत रहेकामा अहिले त्यो संख्या चार सय हाराहारीमा छ । निर्माणस्थलमा नै प्रत्येक पाँचपाँच दिनमा कोभिड परीक्षण गरेर नेगेटिभ आउने काममा लाग्ने र पोजेटिभ आउने अरुबाट अलग बस्ने गरेको आयोजनाले जनाएको छ ।

आयोजनामा केही दिन पहिलेसम्म दैनिक १० मिटर खन्ने गरिएकामा अहिले जनशक्ति कम भएकाले कामको गति सुस्त भएको छ । अहिले दैनिक ६ देखि ७ मिटर मात्रै खनिएको छ ।

सुरुङ निर्माणलदाई निर्धारित समयमा सकाउन दैनिक १० मिटर गरेर महिनामा तीन सय मिटर खन्नुपर्ने भएपनि अहिले संक्रमण बढेकाले निर्माणको काम प्रभावित बन्न पुगेको हो ।

साताकाे चर्चित
सम्बन्धित