भारतमा प्रधानमन्त्री आवास योजना अन्तर्गत थप ८० लाख घर बनाइने
भारतमा प्रधानमन्त्री आवास योजना अन्तर्गत थप ८० लाख घर बनाइने
    • बेल संचार

    • १९ माघ २०७८, बुधबार

नयाँ दिल्ली । भारतमा प्रधानमन्त्री आवास योजना अन्तर्गत नयाँ आर्थिक बर्षमा ८० लाख घर बनाइने घोषणा गरिएको छ । अर्थमन्त्री निर्मला सितारमणले मंगलबार प्रस्तुत गरेको नयाँ आर्थिक बर्षको बजेटमा ८० लाख घर बनाइने उल्लेख गरिएको हो ।

प्रधानमन्त्री आवास योजनाका लक्षित व्यक्तिहरुको पहिचान गरी उनीहरु लाभान्वित हुनेगरी घर हस्तान्तरण गरिने उनले जानकारी दिए । यस्ता घर ग्रामिण तथा सहरी दुवै क्षेत्रमा निर्माण गरिने बजेट भाषणमा उल्लेख छ ।

 

ती घर निर्माणका लागि अर्थमन्त्री सितारमणले ४८ हजार करोड बजेट छुट्याएको जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित