पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध

उनले देउवा सरकारले कोरोना महामारीमा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर झनै मारमा पारेको बताइन्।

    • बेल संचार

    • १९ माघ २०७८, बुधबार

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले विरोध प्रदर्शन गरेको छ।

बुधबार माइतीघर मण्डलमा अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको हो।

विरोध प्रदर्शनमा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पेट्रोलियम पदार्थमा जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि गरेको उल्लेख गर्दै तत्काल फिर्ता लिनुपर्ने बताए।

उनले कोरोना महामारीको बेलामा जनतालाई राहत दिनुपर्नेमा सरकारले बारम्बार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर आहात दिने काम गरेको बताए।

प्रदर्शनमा अखिल क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष शिलु न्यौपानेले सरकारले जनताको भोक, रोग र अभाव नदेखि बारम्बार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्नु दुःखद् भएको बताइन्।

उनले देउवा सरकारले कोरोना महामारीमा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर झनै मारमा पारेको बताइन्।

उपाध्यक्ष न्यौपानेले पेट्रोलियम पदार्थमा बारम्बार मूल्यवृद्धि गर्नु लाजमर्दो भएको बताइन्। सरकारले मंगलबार रातिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्यवृद्धि गरेको छ।

साताकाे चर्चित
सम्बन्धित