जेठ ४ भित्रै स्थानीय चुनाव हुनुपर्छ: ओली
जेठ ४ भित्रै स्थानीय चुनाव हुनुपर्छ: ओली

निर्वाचन आयोगले गरेको सिफारिसअनुसार जेठ ४ मा निर्वाचन गरिनुपर्ने अध्यक्ष ओलीको भनाइ छ।

    • बेल संचार

    • २० माघ २०७८, बिहीबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठको पहिलो साता स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका छन्।

निर्वाचन आयोगले गरेको सिफारिसअनुसार जेठ ४ मा निर्वाचन गरिनुपर्ने अध्यक्ष ओलीको भनाइ छ।

फागुनभित्रै स्थानीय तह निर्वाचन गराउन सरकारलाई एमालेले पटकपटक ध्यानाकर्षण गराए पनि नसुनेको उनको दाबी थियो।

भक्तपुरमा बुधबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले जेठ ४ मा स्थानीय चुनाव गर्नुपर्ने बताएका हुन्।

साथै कोरोनाविरुद्धको २४ लाख खोप हराएको भन्नु सरकारको गम्भीर लापरवाही भएको अध्यक्ष ओलीले बताए।

त्यस्तै एमाले सचिवालय बैठकले तत्काल स्थानीय चुनाव गर्न सरकारसँग माग गरेको छ।

प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले स्थानीय तह चुनावको मिति बिहीबारसम्म नतोके दबाबमुलक कार्यक्रम गरिने बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा जेठ ४ मा स्थानीय चुनाव गर्ने समझदारी गरेका थिए। तर मन्त्रिपरिषदबाट चुनावको मिति भने सरकारले घोषणा गरिसकेको छैन।

साताकाे चर्चित
सम्बन्धित