चीनको अद्भूत प्रविधि, ६० मिनेटमै अमेरिकासम्म पुग्ने !
चीनको अद्भूत प्रविधि, ६० मिनेटमै अमेरिकासम्म पुग्ने !
    • Bell Sanchar

    • २० माघ २०७८, बिहीबार

एक चिनियाँ कम्पनीले यस्तो हाइपरसोनिक विमानको योजना पेश गरेको छ जो बेइजिङबाट केवल ६० मिनेटमा न्यूयोर्क पुग्न सक्छ । यो विमान १ घण्टामा ११ हजार २६५ किलोमिटरको दूरी पार गर्न सक्छ । यसलाई ‘रकेट पिथ विंग्स’ पनि भनिएको छ ।

चिनियाँ कम्पनीले अर्को वर्ष यो विमानको परीक्षण सुरु गर्न सक्छ । वैज्ञानिकहरुले २०२४ सम्म विमान तयार हुने अपेक्षा गरेका छन् । यो विमान बनाउनका लागि स्पेस ट्रान्सपोर्टेसन नामको कम्पनीले काम गरिरहेको छ ।

स्पेस डटकमको रिपोर्टअनुसार कम्पनीले एक भिडियो जारी गरेको छ जसमा विमानले आफ्ना पखेटा डिट्याच गरेको देखिएको छ । यो विमान रकेटको माध्यमले उड्नेछ । स्पेस ट्रान्सपोर्टेसन कम्पनीको दावीअनुसार हाइपरसोनिक विमानबाट चीनको राजधानी बेइजिङ र अमेरिकाको न्यूयोर्कबीचको दूरी केवल एक घण्टाको हुनेछ ।

कम्पनीले चिनियाँ मिडियासँग कुरा गर्दै पखेटासहितको रकेट बनाउन लागेको बताएको छ । यसको माध्यमबाट हाइ स्पिट ट्रान्सपोर्टेसन सम्भव हुनेछ । कम्पनीका अनुसार यो रकेटको खर्च स्याटेलाइट लैजाने रकेटको लुलनामा कम छ । साथमा यो परम्परागत उडानभन्दा धेरै तीब्र हुनेछ ।

चीनको हाइटेक योजनामा पहिलेदेखि नै हाइपरसोनिक विमान बनाउने लक्ष्य छ । चीनले हाइपरसोनिक एयरक्राफ्ट बनाउनको लागि ठूलो पैसा खर्च गरिरहेको छ । गत वर्ष चीनले यस्तो एयरक्राफ्टको योजना पेश गरेको थियो जसमा १० जना बसेर १ घण्टामा पृथ्वीको जुनसुकै ठाउँमा जान सक्छन् ।

चीनले ९ हजार ६५६ किलोमिटर प्रतिघण्टा गतिको परमाणु मिसाइल इन्जिन पनि तयार गरिरहेको छ । रिपोर्टका अनुसार यो त्यही डिजाइनमा आधारित छ जसमा पहिले नासाले पनि काम गरिरहेको थियो तर धेरै लागतका कारण नासाले योजना रद्द गरेको थियो ।

साताकाे चर्चित
सम्बन्धित