नेपालको बलिङ कन्सलटेन्टमा धम्मिका प्रसाद नियुक्त
नेपालको बलिङ कन्सलटेन्टमा धम्मिका प्रसाद नियुक्त

ग्लाेबल क्वालिफायरका लागि नेपाली क्रिकेट टिमलाई थप एक्सपाेजर दिन प्रशिक्षणमा जनशक्ति थप गरेको मल्लले बताए

    • बेल संचार

    • २० माघ २०७८, बिहीबार

, काठमडौं

श्रीलंकाली राष्ट्रिय टोलीका पूर्व खेलाडी धम्मिका प्रसाद नेपाली क्रिकेट टिमकाे बलिङ कन्सलटेन्टमा नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी फेब्रुअरीमा ओमानमा हुने टी-२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपालको बलिङ कन्सल्टेन्टका रुपमा उनलाई ल्याउन लागेको हो ।

यसै फेब्रुअरी महिनामा ओमानमा हुने चार देशीय टी-२० सिरिज र टी-२० विश्वकप ग्लोबल क्वालिफायरकाे लागि धम्मिकालाई बलिङ कन्सल्टेन्टको रुपमा ल्याउन लागेको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

ग्लाेबल क्वालिफायरका लागि नेपाली क्रिकेट टिमलाई थप एक्सपाेजर दिन प्रशिक्षणमा जनशक्ति थप गरेको मल्लले बताए ।

साताकाे चर्चित
सम्बन्धित