एमसीसी पारित गर्न प्रधानमन्त्री देउवा आन्तरिक छलफलमा, माहोल बनाउन निर्देशन
एमसीसी पारित गर्न प्रधानमन्त्री देउवा आन्तरिक छलफलमा, माहोल बनाउन निर्देशन
    • बेल संचार

    • २१ माघ २०७८, शुक्रबार

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्न आन्तरिक छलफल गर्नुभएको छ ।

विहीबार अपरान्ह प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू र काँग्रेस संसदीय दलकी सचेक पुष्पा भुसाललाई बालुवाटार बोलाएर स्थानीय निर्वाचन र एमसीसीबारे बिफ्रिङ लिनुभएको थियो ।

छलफलमा सहभागी भुसालले २६ गते बस्ने संसद बैठक चलाउन कसरी जाने भन्नेबारे छलफल भएको बताउनुभयो । उहाँका अनुसार सबै पार्टीसँग छलफल र संवाद गर्ने कुरा पनि भएको छ ।

अब बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गराउने देउवाको तयारी छ । त्यसका लागि संसदभित्र र बाहिर माहोल बनाउन उहाँले मन्त्रीहरु खाण, कार्की, बडू र सचेतक भुसाललाई निर्देशन दिनुभएको छ ।

साताकाे चर्चित
सम्बन्धित