पार्टी कार्यालय स्थापना गर्न अधिकारीले ‘मायाको चिनो’ भन्दै दराज, टेबल र कुर्सी सहयोग
पार्टी कार्यालय स्थापना गर्न अधिकारीले ‘मायाको चिनो’ भन्दै दराज, टेबल र कुर्सी सहयोग

तारकेश्वर गाउँपालिका वडा-४ को पार्टी कार्यालय स्थापना गर्न अधिकारीले ‘मायाको चिनो’ भन्दै दराज, टेबल र कुर्सी सहयोग गरेका हुन् ।

    • बेल संचार

    • २१ माघ २०७८, शुक्रबार

२१ माघ २०७८ / नेपाली कांग्रेस, नुवाकोटका युवा नेता शिव अधिकारी अविरलले पार्टीको वडा कार्यालयलाई फर्निचर सहयोग गरेका छन् । तारकेश्वर गाउँपालिका वडा-४ को पार्टी कार्यालय स्थापना गर्न अधिकारीले ‘मायाको चिनो’ भन्दै दराज, टेबल र कुर्सी सहयोग गरेका हुन् ।

बिहीबार तारकेश्वरको बुधसिंहमा पार्टीका स्थानीय नेता-कार्यकर्तासँगको भेटघाटका क्रममा अधिकारीले वडा कार्यसमितिका पदाधिकारीलाई सहयोग हस्तान्तरण गरे । सो अवसरमा उनले पार्टी र समाजका निम्ति आफ्नो क्रियाशीलता आगामी दिनमा अझ तीव्र गतिमा अघि बढ्ने बताए ।

यसअघि उनले तारकेश्वरकै ५ नम्बर वडाको पार्टी कार्यालयका लागि ७० हजार रुपैयाँको फर्निचर सहयोग गरेका थिए । माघे संक्रान्तिमा तारुकाको गोरु जुधाइ मेला कोरोनाका कारण रोकिएपछि किसानहरूको मनोबल नगिरोस् भनेर उनले १ लाख २६ हजार नगद पुरस्कारसहित ‘गोरुधनी किसान पदक-२०७८’ वितरण गरेका थिए ।

युवा नेता अधिकारी डेढ दशकदेखि समाजसेवामा सक्रिय छन् । भूकम्पपछिको पुनर्निर्माणदेखि अहिलेको कोरोना महामारीसम्म आइपुग्दा अधिकारीले गाउँमा “संकटको साथी”को छवि बनाएका छन् । उनको पहलमा तारकेश्वरमा स्कुल, हस्पिटल, सडक, खानेपानी, मन्दिर, गुम्बा, सामुदायिक भवन आदि बनेका छन् । दर्जनौं आमा समूह र दर्जनौं क्लब मार्फत उनले महिला सशक्तीकरण र युवा जागरण अभियान चलाइरहेका छन् ।

 

साताकाे चर्चित
सम्बन्धित