प्रधानमन्त्रीको प्रेस प्रमुखमा परियार 
     प्रधानमन्त्रीको प्रेस प्रमुखमा परियार 

परियार यसअघि विसं २०७४ मा पनि देउवा प्रधानमन्त्री रहनुभएका बेला प्रेस संयोजक भएर काम गर्नुभएको थियो ।

    • बेल संचार

    • २१ माघ २०७८, शुक्रबार

काठमाडौँ, २१ माघ
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुखमा पत्रकार गोविन्द परियार नियुक्त हुनुभएको छ । प्रधानमन्त्री देउवाले परियारलाई प्रेस प्रमुखमा नियुक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

परियार यसअघि विसं २०७४ मा पनि देउवा प्रधानमन्त्री रहनुभएका बेला प्रेस संयोजक भएर काम गर्नुभएको थियो । गत असारमा पाँच दलीय गठबन्धनको सरकार गठन भएपछिदेखि नै परियारले प्रधानमन्त्री देउवाको प्रेस सहयोगीका रुपमा काम गर्दै आउनुभएको थियो ।

साताकाे चर्चित
सम्बन्धित