थाईल्याण्डका यी युवा जसले आठ जना श्रीमती राखेका छन् !
थाईल्याण्डका यी युवा जसले आठ जना श्रीमती राखेका छन् !
    • बेल संचार

    • २२ माघ २०७८, शनिबार

पहिला पहिलाको समयमा एकै पुरुषले धेरै श्रीमती बिहे गर्न चलन थियो । तर अहिले विश्वभर प्राय एकनिष्ठ विवाह हुन्छ अर्थात एक श्रीमान एक श्रीमती । कतिपय मुलुकका विभिन्न समुदायमा भने बहुपति र बहुपत्नी प्रथा रहेको आशिंक रुपमा भेटिन्छ ।

हालै थाईल्याण्डका एक युवाले आठ जना श्रीमती राखेको खुलेको छ । आम डेगं सोरोट नामका ती युवाले आठ वटी श्रीमती एकै घरमा राखेका छन् । पेशाले टाटु आर्टिष्ट रहेका सोरोटले सबै श्रीमतीलाई यसरी मिलाएका छन् कि उनीहरुले आफ्ना पतिलाई दुनियाका सज्जन मान्छे भन्ने गर्दछन् ।

सोरोनले एउटा अन्तरवार्तामा खुलाएका छन्, उनी आठ श्रीमतीलाई चार वटा वेडमा सँगै सुत्ने व्यवस्था गरिदिएका छन् । अनि श्रीमानसँग समय विताउन सबैले पालो कुर्ने गरेका छन् ।

एउटा टिभी सोमा उनले अन्तरवार्ता दिँदा सबै जसो श्रीमतीसँग पहिलो नजरमै प्रेम बसेको खुलासा गरेका छन् । युट्युबमा उनको अन्तवार्ता ३५ लाख ५० हजार बढीले हेरेका छन् । जनवरी ११ मा यो अन्तवार्ता अपलोड गरिएको थियो ।

साताकाे चर्चित
सम्बन्धित