रचनाको नयाँ गीतलाई लिएर बहस : मौलिकताको धज्जी उडाइयो वा गीतलाई मिल्यो न्याय ?
रचनाको नयाँ गीतलाई लिएर बहस : मौलिकताको धज्जी उडाइयो वा गीतलाई मिल्यो न्याय ?
    • Bell Sanchar

    • २३ माघ २०७८, आईतवार

अञ्जु पन्त र जगदिश समालको स्वरमा रहेको हिट गजल ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ अहिले पनि उत्तिकै कालजयी लाग्छ । गजललाई मेनस्ट्रिम संगीतसँग जोड्ने काम उक्त गीतले गर्‍यो ।

महेश खड्काको संगीत र विपिन किरणको शब्द रहेको उक्त गीतले गजललाई नयाँ आयाम दियो । सोही गीतलाई गीतकार किरणले पछिल्लो समयकी हिट गायिका रचना रिमालको आवाजमा स्वरांकन गराएका छन् ।

तर, रिमालको स्वरमा रहेको नयाँ गीतलाई लिएर विवाद सिर्जिएको छ । कतिपयले नयाँ गीतले मौलिकतालाई बिगारेको आरोप लगाएका छन् भने कतिपयले अञ्जु गीतलाई रचनाको स्वरमा सुन्न पाउँदा खुशि व्यक्त गरेका छन् ।

अञ्जुको हिट गीतलाई १० वर्ष नबित्दै रचनाले गाउँदा दुईजना गायिकाको गायकीको तुलना हुने नै भयो । सामाजिक संजाल प्राप्त धेरै प्रतिक्रियामा धेरैले दुई गायिकाको तुलना गर्दै पुनः रेकर्ड गर्ने समय नभैसकेको बताएका छन् ।

फिल्म निर्माता तथा निर्देशक सन्तोष सेन लेख्छन् : ‘रियालिटी सोमा गाउनु, कभर गर्नु राम्रो हो तर, पुनः रेकर्ड गरेर मौलिक गीतको धज्जी उडाउनु गलत हो । डलरको लोभमा गायकी र आफ्नै सिर्जनाको हत्या भएको छ । पुनः सिर्जना गर्दा पुरानो सिर्जना बिर्साउने प्रस्तुति हुनुपर्छ नत्र लोभले लाप र लापले बिलाप हुनसक्छ ।’

कृष्णप्रताप महत लेख्छन् : जब गीतकार वा संगीतकार ओझेलमा पर्छन्, तब आफ्नै हिट गीतहरु पनि नयाँ नयाँ स्वरमा पस्कन थाल्छन् जसको दरिलो उदाहरण यही हो ।’ फेब्रुअरी ३ मा रिलिज भएको यो गीतले युट्युुवमा झन्डै १ लाख ३० हजार भ्यूज प्राप्त गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित