मेष–साताको सुरुका दिनमा साना नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । मालसामान हराउन पनि सक्छ । साताको मध्यबाट नाताकुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवको स्मरण गरि कार्य गर्नाले सफलता मिल्नेछ ।
वृष–लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ ठाउँमा लगानीको योजना बन्नेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । आफन्तले तपाईँका विचारलाई समर्थन गर्नेछन् । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग नीलो वा घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
मिथुन–पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । श्रमको उचित मूल्याङ्कन होला। पढाइमा प्रगति हुनेछ । हाँसखेल र मनोरञ्जनपूर्ण समय पनि रहेको छ । मध्य सातामा स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हरियो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कर्कट–यो साता महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक तथा महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । यो साताका लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
सिंह–यो साता सामान किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । मङ्गलवारबाट कुनै कुराले मनमा शान्ति छाउनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कन्या–यो साता सजिलै अरुको विश्वास जित्न सकिनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन पनि हुन सक्छ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्छ । यो साताका लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग कलेजी वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
तुला–यो साता भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । शुभारम्भको चर्चा चल्नेछ । धार्मिक, सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिने र दाम्पत्य सुखमा रमाउने समय छ । अचल सम्पत्ति हता पार्नुका साथै लाभदायक यात्रा हुनेछ । शेयर बजारबाट धनलाभ पनि हुनेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग घिउ रङ्ग वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।
वृश्चिक–यो साता रोकिएका काम पुनः सुरु हुन सक्छ । मन मिल्ने प्यारो साथीसँग भेट होला । सामाजिक कार्यमा सफलता मिल्नेछ । कसैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । मध्य सातामा शरीरमा आलस्य आउनसक्छ । स्वास्थ्यमा धन खर्च भने हुनेछ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग रातो वा ध्वाँसे हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।
धनु–यो हप्ता रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । साताको अन्त्यमा काममा अवरोध सृजना हुनसक्ने सम्भावना रहेकोले सङ्घर्षको सामना गर्नुपर्ने छ । यो साताका लागि शुभ अङ्क २,४ र शुभ रङ्ग ध्वाँसे वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
मकर–यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । साताको उत्तरार्धबाट व्यापार व्यवसायमा बाधा आउला । घर व्यवहारको समस्याले सताउन सक्छ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग गुलाबी वा पहेँलो हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कुम्भ–यो साता प्रतिष्ठित काम गर्ने मौका छ । सामाजिक कामको दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा राम्रै लाभ र फाइदा हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग पहेँलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मिन–यो हप्ता नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता पाइनेछ । शुभ कार्यमा सरिक भइने र धार्मिक यात्राको योग रहेको छ । आफन्तसङ रमाइलो भेटघाट पनि हुनेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग पहेँलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।