रुटिने’ सँग प्रेममा रियाशा ? रोमान्टिक क्षणहरु सेयर गर्दै
रुटिने’ सँग प्रेममा रियाशा ? रोमान्टिक क्षणहरु सेयर गर्दै
    • Bell Sanchar

    • २४ माघ २०७८, सोमबार

रियाशा दाहालको कलाकारिता अचेल राम्रैसँग फक्रिरहेको छ, जसरी फक्रिरहेको छ उनको प्रेमजीवन । पछिल्ला दिनमा उनी आफ्नो लभ अफेयरलाई विस्तारै फुकाउँदै जान थालेकी छन् ।

रियाशाका प्रेमी हुन् भिक्टर पौडेल, जसलाई आफ्नो वास्तविक नामबाट कमैले चिन्छन् । सामाजिक सञ्जालमा उनी ‘रुटिने’ उपनामले चर्चित छन् । फेसबुकमा ‘रुटिन अफ नेपाल बन्द’ नामक पेज चलाएर त्यसलाई लोकप्रियताको शिखरमा पुर्याएपछि उनलाई ‘रुटिने’ भन्न थालिएको हो ।

निकटस्थहरूका अनुसार रियाशा र भिक्टर प्रेममा परेको करिब दुई वर्ष भयो । युट्यूवर वर्षा बस्नेतले उनीहरुलाई जोड्ने ‘पुल’ को काम गरेकी थिइन् । वर्षामार्फत चिनजान भएको छोटो समयमै उनीहरु एक–अर्कासँग नजिकिएका थिए ।

पछिल्ला केही दिनमा रियाशाले टिकटकमा भिक्टरसँगका रोमान्टिक क्षणहरु सेयर गरिरहेकी छन् । यसबाट उनीहरु आफ्नो प्रेम सम्बन्धलाई लुकाइरहने मुडमा छैनन् भन्ने देखिन्छ । धेरैले उनीहरुको जोडीलाई प्रशंसा गर्दै कमेन्ट गरेका छन् ।

बुझिएअनुसार दुबैका परिवारजन उनीहरुको सम्बन्धबारे जानकार छन् र सकारात्मक पनि । विवाहबारे भने उनीहरुले निर्णय लिइसकेका छैनन् ।

युट्यूवमा प्रशारण हुने भिडियो सिरिज ‘आजकालको लभ’ बाट रियाशा चर्चामा आएकी हुन् । सो सिरिजबाट अलग भएपछि उनी पछिल्लो समय ‘गाह्रो छ हो’ मा व्यस्त छन् । म्युजिक भिडियोमा पनि काम गरिरहेकी छन् ।

२८ वर्षिय भिक्टर बाग्लुङका हुन् । उनले ९ वर्षअघि एकल प्रयासमा ‘रुटिन अफ नेपाल बन्द’ सुरु गरेका थिए, जुन अहिले नेपालकै चर्चित र विश्वासिलो सामाजिक सञ्जाल प्लेटफर्मका रुपमा चिनिन्छ । यो पेजलाई अहिलेसम्म ३० लाखभन्दा बढीले फलो गरेका छन् ।

रियाशा र भिक्टरले आफुहरूकाे सम्बन्धलाई सार्वजनिकरूपमा खुलाएका भने छैनन्। आफुहरू राम्राे साथीमात्र भएकाे उनीहरूकाे दावी छ ।

साताकाे चर्चित
सम्बन्धित