वैशाख ३० मा तोकियो को चुनाव मिति !
वैशाख ३० मा तोकियो को चुनाव मिति !

प्रधानमन्त्री देउवानिकट मानिने चर्चित ज्योतिषी सुरेशचन्द्र रिजालले वैशाख ३० मा निर्वाचन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।

    • बेल संचार

    • २४ माघ २०७८, सोमबार

प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषीसँगको परामर्शमा स्थानीय तह निर्वाचनको मिति तय गरेको खुलासा भएको छ ।प्रधानमन्त्री देउवानिकट मानिने चर्चित ज्योतिषी सुरेशचन्द्र रिजालले वैशाख ३० मा निर्वाचन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।

‘शुरूमा जेठ ४ को कुरा भएको थियो । त्यो दिन ज्येष्ठा नक्षत्र परेकाले राम्रो देखिएन’, भने, ‘वैशाख ३० गते शुक्रबार हो र अमृत योग पनि परेको छ । अमृत योगमा गर्ने कार्य सफल हुने विश्वास गरिन्छ । त्यसैले वैशाख ३० को मिति प्रस्ताव गरेको हुँ ।’

यसअघि निर्वाचन आयोगसँगको परामर्शमा प्रधानमन्त्री देउवा २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सहमत भएका थिए ।

साताकाे चर्चित
सम्बन्धित