यो वर्षको एसईईको परिक्षा तालिका आज या भोलिसम्ममा प्रकाशित गरिने
यो वर्षको एसईईको परिक्षा तालिका आज या भोलिसम्ममा प्रकाशित गरिने

परिक्षा तालिका आज या भोलिसम्मा प्रकाशित गर्ने बोर्डले जनाएको छ। 

    • बेल संचार

    • २६ माघ २०७८, बुधबार

काठमाडौँ,

राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी थालेको छ। परिक्षा तालिका आज या भोलिसम्मा प्रकाशित गर्ने बोर्डले जनाएको छ।

स्थानीय तहको निर्वाचन बैशाख २० अगावै परिक्षा सक्ने दबाब बोर्डलाई परेकाले त्यहि अनुरुप तयारी थालिएको छ। यो वर्ष झण्डै ५ लाख ८ हजार विद्यार्थीले परीक्षा दिने अनुमान छ ।

कोरोना भाइरसको तेस्रो लहर फैलिएसँगै बन्द भएका विद्यालय आउँदो फागुन १ गतेदेखि खुल्दै छन् । विद्यालय बन्द हुँदा वैकल्पिक माध्यमबाट विद्यार्थीलाई पढाउँदै आए पनि त्यो प्रभावकारी हुन सकेको छैन । त्यसैले विद्यार्थीको पढाइ पूरा गर्न चैतसम्म कक्षा सञ्चालन गर्ने र बैशाखमा परीक्षा गर्ने तयारी गरिएको हो ।

बोर्डले बैशाखमा एसईई परीक्षा गर्ने र जेठमा कक्षा १२ को परीक्षा गर्ने तयारी गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित