छापावाल सुनको मूल्य बढ्यो
  छापावाल सुनको मूल्य बढ्यो

पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९३ हजार १००मा कारोबार भएको थियो ।         

    • बेल संचार

    • २६ माघ २०७८, बुधबार

काठमाडौँ,
सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ३०० ले उकालो लागेर रु ९३ हजार ४०० पुगेको छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९३ हजार १००मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ९०० छ, यसको मूल्य अधिल्लो दिन रु ९२ हजार ६०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार २८० कायम रहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२७ डलर आसपास कारोबार भइरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित