स्थानीय तहको चुनावमा विद्युतीय मेसिन प्रयोग गर्नेबारे विज्ञसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तहको चुनावमा विद्युतीय मेसिन प्रयोग गर्नेबारे विज्ञसँग छलफल गर्दै निर्वाचन आयोग

त्यस्तै, ठूलो क्षेत्रमा नभए सानो क्षेत्रमा मात्रै भए पनि गर्न सक्ने सम्भावना के-कति छ भन्ने बुझ्न खोजिएको उनले बताए। 

    • बेल संचार

    • २६ माघ २०७८, बुधबार

निर्वाचन आयोगले विद्युतीय मेसिनको प्रयोग गर्ने सम्भावनाबारे विज्ञहरूसँग छलफल गर्ने भएको छ।

बुधबार दिउँसो १ बजे आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय मेसिनमार्फत् भोटिङ गर्ने सम्भावनाबारे विज्ञहरूसँग छलफल गर्न लागेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

परामर्श लिन आयोगले सरकारका आइटी विज्ञहरूलाई बोलाएर छलफल गर्न लागेको उनले बताए। उनका अनुसार यो सामान्य छलफलमात्रै हो।

‘सम्भावना के छ भनेर सामान्य छलफल गर्न लागेको हो। निर्वाचन आयोगले विद्युतीय मेसिनबाट चुनाव गराउन लागिहालेको भन्ने होइन,’ प्रवक्ता पौडेलले भने, ‘नेपाल सरकारका विभिन्न क्षेत्रमा आइटीसँग सम्बन्धित विज्ञहरूसँग बसेर के गर्न सकिन्छ त, सम्भावना छ कि छैन भनेर छलफल गर्न लागेको हो।’

त्यस्तै, ठूलो क्षेत्रमा नभए सानो क्षेत्रमा मात्रै भए पनि गर्न सक्ने सम्भावना के-कति छ भन्ने बुझ्न खोजिएको उनले बताए।

‘ठूलो क्षेत्रमा नभए सानोमा, एउटा कुनै जिल्ला वा सहरमा गर्न सकिन्छ कि भनेर सामान्य सुरूआती छलफलमात्रै हो,’ उनले भने, ‘यसका आधारमा भोलि कार्यदल गठन गरेर केही रिपोर्ट देला।’

बैठकमा यसका चुनौतीका विषयमा पनि छलफल हुने प्रवक्ता पौडेलले बताए।

सरकारले स्थानीय तहको चुनाव वैशाख ३० गते गर्ने निर्णय गरेको छ।

साताकाे चर्चित
सम्बन्धित