कर्णाली प्रदेश सभाको बैठक अध्यक्षता गर्ने पाँच जना सांसदलाई मनोनीत
कर्णाली प्रदेश सभाको बैठक अध्यक्षता गर्ने पाँच जना सांसदलाई मनोनीत

सांसदहरू दीनबन्धु श्रेष्ठ, देवी ओली, मिनासिंह रखाल, रातो कामी र सोशिला शाहीलाई मनोनीत गरिएको हो।

    • बेल संचार

    • २६ माघ २०७८, बुधबार

कर्णाली प्रदेश सभाको बैठक अध्यक्षता गर्ने गरी पाँच जना सांसदलाई मनोनीत गरिएको छ।

सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेश सभा नियमावली २०७४ को नियम ११ (२) अनुसार पाँच जना सांसदलाई बैठकको अध्यक्षता गर्ने गरी मनोनीत गरेका हुन्।

सांसदहरू दीनबन्धु श्रेष्ठ, देवी ओली, मिनासिंह रखाल, रातो कामी र सोशिला शाहीलाई मनोनीत गरिएको हो।

मनोनीत भएका सांसदले प्रदेश सभाका सभामुख र उपसभामुख दुवैको अनुपस्थिति भएको अवस्थामा संसद बैठकको अध्यक्षता गर्नेछन्।प्रदेश सभा नियमावली २०७४ को ११ मा अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने व्यवस्था छ। ११ (१) मा बढीमा पाँच जना त्यस्ता सदस्य मनोनीत गर्न पाइने व्यवस्था छ।

नियम ११ उपनियम २ मा मनोनीत सदस्यले बैठकको अध्यक्षता गर्दा सभामुखले प्रयोग गर्न पाउने सबै अधिकार प्रयोग गर्न पाउने व्यवस्था छ।

साताकाे चर्चित
सम्बन्धित