बाँकेका युवा नेताहरु राप्रपा पार्टी परित्याग गर्नेको ओइरो
बाँकेका युवा नेताहरु राप्रपा पार्टी परित्याग गर्नेको ओइरो
    • Bell Sanchar

    • २६ माघ २०७८, बुधबार

राष्ट्रिय प्रजातान्त्र पार्टीका निवर्तमान अध्यक्ष तथा पुर्व उप-प्रधानमन्त्री कमल थापाले राप्रपाबाट अलग हुने निर्णय गरेसँगै पार्टीमा तरङ्ग सिर्जना भएकाे छ ।

राप्रपा निवर्तमान अध्यक्ष थापाले राप्रपाबाट अलग भएकाे घाेषणा गरेसँगै पार्टीकाे संगठानिक संरचनाहरूमा समेत असर देखिन थालेकाे छ ।

राप्रपा बाँकेका एक युवा नेताले पनि राप्रपा पार्टी परित्याग गरेकाे घाेषणा गरेका छन् । राप्रपा बाँकेकाे २ कार्यकाल पार्टी प्रवक्ता समेत रहेका युवा नेता श्रीधर सुवेदीले बुधवार सामाजिक सञ्जाल मार्फत राप्रपा पार्टी परित्याग गरेकाे घाेषणा गरेका हुन् ।

“आजै देखि राष्ट्रिय प्रजातन्त्र पार्टीकाे साधारण सदस्य नरहने गरि पार्टीको संलग्नतालाई अन्त्य गर्दछु । अब नयां यात्रा शुरु गर्ने घाेषणा गर्दछु । धन्यवाद ।

” उनले अाफ्नाे फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।

युवा नेता सुवेदी बाँके जिल्लामा पार्टीकाे राजनीतिमा प्रभावशाली छवि बनाएका सुवेदी राप्रपा निकट पत्रकारहरूकाे शुभेच्छुक संगठन मिडिया नेपालकाे केन्द्रीय उपाध्यक्षकाे जिम्मेवारीमा थिए । उनी काेहलपुर नगरपालिका वडा नं.६ काे उप निर्वाचनमा राप्रपाकाे तर्फबाट वडाध्यक्षका समेत प्रत्याशी रहेका थिए ।

उप निर्वाचनमा वडामा पार्टीलाई तेस्राे स्थानमा पुर्याउन सफल सुवेदीकाे निर्णयले राप्रपा बाँकेमा तरङ्ग सिर्जना भएकाे छ ।

त्यस्तै अर्का यूवा नेता होम राज ओली ले पनि राप्रपा पार्टी परित्याग गरेका छन । ओली अहिले को कोहलपुर नगर कमिटी को नगर सदस्य मनौनित भएका थिए । ओली ले बिद्यार्थी राजनीति देखि सुरु गरेको र विद्यार्थी सङठन को कोहलपुर नगर कमिटी को पुर्ब सचिव पनि हुनुहुन्छ ।

साताकाे चर्चित
सम्बन्धित