अब काँग्रेस पनि स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुने, पहिलो पार्टी बन्ने लक्ष्य
अब काँग्रेस पनि स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुने, पहिलो पार्टी बन्ने लक्ष्य
    • बेल संचार

    • २७ माघ २०७८, बिहीबार

नेपाली काँग्रेस पनि अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत भएर लाग्ने भएको छ । आज भएको पदाधीकारीहरुबीचको छलफलमा यस्तो निर्णय भएको हो ।

काँग्रेस अब आउने निर्वाचनमा पहिलो शक्ति बन्ने दाउमा रहेको छ । यस अघिको स्थानीय तहको निर्वाचनमा काँग्रेस दोस्रो पोजिसनमा रहेको थियो ।

अहिले कम्युनिष्टहरुबीच टुट फुटको असर रहेका बेला काँग्रेसले पहिलो पार्टी हुने मौकाको रुपमा हेरेको छ ।

काँग्रेस भित्र पनि रामचन्द्र पौडेल सहितका नेता गठबन्धनकै आधारमा चुनावमा जानु पर्ने पक्षमा छन् भने गगन थापा सहितको समुह गठबन्धनको बिपक्षमा रहेको छ ।

अब तलैसम्म प्रशिक्षण, अभियान चलाएर काँग्रेसले चुनाव जीत्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिईसकेको छ ।

साताकाे चर्चित
सम्बन्धित