एमसीसी सम्झौतामा महामन्त्री विश्वप्रकाश शर्माको असहमति
एमसीसी सम्झौतामा महामन्त्री विश्वप्रकाश शर्माको असहमति

महामन्त्री शर्माले भने, ‘एक दिनअघि नै कार्यसम्पादन समिति बैठकमा छलफलका लागि एजेन्डा तय गरेका थियौं।

    • बेल संचार

    • २८ माघ २०७८, शुक्रबार

काठमाडौं

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले कार्यसम्पादन बैठकमा एक्लौटीरुपमा एमसीसीको विषयमा छलफल गराएको बताएका छन्।

शर्माले बुधबार बालुवाटारमा पदाधिकारी बैठक बसी विभिन्न एजेन्डा तय गरेको भए पनि कार्यसम्पादन बैठकमा सभापति देउवाले एक्लौटीरुपमा एमसीसीको विषयमा छलफल गराएको बताएका हुन्। महामन्त्री शर्माले एजेन्डामै नरहेको एमसीसी विषयमा जबर्जस्ती छलफल गराएको आरोप लगाए।

महामन्त्री शर्माले भने, ‘एक दिनअघि नै कार्यसम्पादन समिति बैठकमा छलफलका लागि एजेन्डा तय गरेका थियौं। तर सभापतिज्युले बैठक सुरु हुनेवितिकै एमसीसीको विषयमा छलफल चलाउनुभयो। एमसीसी केन्द्रीत छलफलले अन्य विषयमा छाँयामा र्पयो।’

उनले पदाधिकारी बैठकमा स्थानीय निर्वाचन, भातृसंस्था र अधिवेशन हुन बाँकी रहेका जिल्लाका सम्बन्धमा छलफल गर्न एजेन्डा तय भएको बताए।

साताकाे चर्चित
सम्बन्धित