यी मोडलका कस्ता तस्वीरका कारण सामाजिक संजालमा ब्लक गरियो ? हेर्नुहोस् ३० तस्वीर
यी मोडलका कस्ता तस्वीरका कारण सामाजिक संजालमा ब्लक गरियो ? हेर्नुहोस् ३० तस्वीर
    • Bell Sanchar

    • ३ फाल्गुन २०७८, मंगलवार

एउटी ओन्लीफ्यान्स मोडल टिन्डर, बम्बल र हिंगे जस्ता डेटिङ साइटमा प्रेमको खोजीमा छिन् तर यी डेटिङ एपहरुले उनको अकाउन्ट पटक पटक हटाइदिएका छन् । यी मोडलका अनुसार ती एपले उनको अकाउन्ट हटाइदिनुको कारण हो उनी अत्याधिक हट छिन् । अलउ हफ नामकी २४ वर्षकी यी मोडल बेलायतको वेल्सकी हुन् । उनका अनुसार यी एपहरुले उनको अकाउन्ट पटक पटक ब्लक गरिदिएका छन् । उनलाई आफू हदैसम्म आकर्षक भएकोहरुले मानिसहरुलाई उनी वास्तविकतामा नभएको र फेक भएको लागेका कारण उनीहरुले रिपोर्ट गरिदिएकाले एपले आफूलाई ब्लक गरेको भन्ने लाग्छ ।

अलउ कानुनमा ग्रयाजुएट हुन् । डेलीमेलमा प्रकाशित एक रिपोर्टका अनुसार उनले ओन्लीफ्यान्समा तस्वीर शेयर गरेर वार्षिक ४४ हजार पाउण्ड (करिब ७२ लाख रुपैयाँ) कमाउँछिन् । अहिले उनी निकै आक्रोशित छिन् किनकि उनले हालै जानकारी पाएकी छिन् कि एकजना टिन्डर स्विन्डलर नामको अकाउन्ट भने अहिलेसम्म ब्लक गरिएको छैन जबकि यो अकाउन्ट पैसा ठगी गर्न प्रयोग गरिएको छ । तर, उनको वास्तविक अकाउन्ट भने पटक पटक ब्लक गरिएको छ । नेटफ्लिक्समा यी टिन्डर स्विन्डलर शिमोन हायुतको कथामा आधारित डकुमेन्ट्री हालै रिलिज भएको छ जसमा उनले डेटिङ एप टिन्डर प्रयोग गरेर ७.४ (१ अर्ब २० करोड रुपैयाँ) मिलियन पाउण्ड कसरी ठगी गरे भन्ने देखाइएको छ ।

टिन्डर प्रयोग गरेर ठगी गर्ने शिमन हायुतले कथित रुपमा महिलाहरुलाई टिन्डरमार्फत सम्पर्क गरेर आफूलाई शिमोन लेभिभ भनेर चिनाउँथे र आफू इजरायली प्रसिद्ध हीरा व्यापारी लेभ लेभिभको छोरा भएको बताउँथे । टिन्डरले शुक्रबार उनको अकाउन्ट बन्द गरिएको पुष्टि गरेको छ । तर, केही रिपोर्टहरुमा उनी अझै पनि टिन्डरमा सक्रिय भएको दावी गरिएको छ । ‘यो डेटिङ एपले मलाई ती टिन्डर स्विन्डलरलाई भन्दा धेरै दुःख दिइरहेको छ’ अलउले डेलीमेलसँग भनिन् । अलउका ६७ हजार इन्स्टाग्राम फलोअर छन् ।

अलउका अनुसार उनलाई टिन्डरमा पहिलो पटक सेप्टेम्बर २०२० मा ब्लक गरिएको थियो । त्यसपछि उनले यस विषयमा गुनासो गरेपछि उनको अकाउन्ट पुनः सक्रिय गरिएको थियो तर डिसेम्बर २०२१ मा फेरि ब्लक गरियो । उनका अनुसार उनलाई अर्को डेटिङ एप हिंगेले पनि मार्च २०२१ मा ब्लक गरेको थियो । यसबाहेक अर्को डेटिङ एप बम्बलले पनि २०२० मा उनलाई ब्लक गरेको थियो । उनले भनिन् ‘मलाई मेरा केही फोटोहरुका कारण समस्या भएको थियो त्यसपछि मैले ती तस्वीरहरु रिप्लेस गरिदिएँ ।’

 

साताकाे चर्चित
सम्बन्धित