दूघर्टनाग्रस्त एफ–१५ विमानको पाइलटका शव सी अफ जापानमा भेटियो
दूघर्टनाग्रस्त एफ–१५ विमानको पाइलटका शव सी अफ जापानमा भेटियो
    • बेल संचार

    • ३ फाल्गुन २०७८, मंगलवार

गएको जनवरीको अन्त्यमा सी अफ जापानमा दूघर्टनाग्रस्त भएको एफ–१५ लडाकु विमानभित्र रहेका दुई जना पाइलटको शब आफूले फेला पारेको जापानको हवाई आत्म रक्षा बल ( एएसडीएफ)ले बताएको छ । पहिलो शब गएको शुक्रबार भेटिएको थियो भने अर्को आइतबार ।

मध्य जापानको इशिकावा प्रिफेक्चरमा रहेको कोमासु हवाई आधार शिबिरबाट उडेको लडाकु विमान शिबिरबाट पश्चिम उत्तर पूर्वमा ५ किमि पर पुगेर दूघर्टनामा परेको थियो । शबहरु दूघर्टना भएको स्थलबाट केही पर भेटिएको एएसडीएफले बताइएको छ । मृतक पाइलटहरु एएसडीएफका कर्णेल ५२ वर्षिय कोजी तानाका र ३३ वर्षिय क्याप्टेन रयुसेई उइता भएको बताइएको छ ।

 

 

 

जापानको समुद्री आत्म रक्षा बल (एमएसडीएफ)का गोताखोरहरुले शबहरु फेला पारेपछि एमएसडीएफकै जहाजमा शबहरु छुट्टाछुट्टै आधार शिबिरमा पुर्याइएको थियो । विमान जनवरी ३१ मा साँझ ५ः३० बजेतिर उड्ने बित्तिकै दूघर्टनाग्रस्त भएको थियो । त्यसयता एमएसडीएफ, एएसडीएफ र जापानको तटीय सुरक्षाकर्मीको स्थानीय एकाईले दूघर्टनालगत्तै खोजि र उद्धार कार्य शुरु गरेका थिए ।

उक्त विमान अन्य तीन लडाकु विमानसँग तालिमका लागि सँगै उडेको थियो । सो विमानमा दुई सिट थियो । तानाका अगाडिको सिटमा बसेका थिए भने उइता पछाडिको सिटमा । ती दुई शिबिरका सामरिक लडाकु प्रशिक्षण समूहका पाइलटहरु थिए । तानाका समूहका कमान्डर थिए । समूहका निकै सिपालु पाइलट भएको बताइएको छ ।

साताकाे चर्चित
सम्बन्धित