उठाईदिने र मारिदिने धम्की, सुन्न नसकिने अश्लील गाली- नेपाल सरकारको मन्त्री आलेको
उठाईदिने र मारिदिने धम्की, सुन्न नसकिने अश्लील गाली- नेपाल सरकारको मन्त्री आलेको
    • Bell Sanchar

    • ३ फाल्गुन २०७८, मंगलवार

काठमाडौं- नेपाल सरकारको मन्त्री जस्तो मान्छेले अश्लिल शब्द प्रयोग गर्दै उठाउने मारिदिने भुनु अति निर्लज्जता हो । कहिले कर्मचारीलाई साँढे त कहिले व्यापारीमाथि हमला गरेर चर्चामा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको अश्लिल गाली गलौज बाहिरिएको छ ।

आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै निकै तल्लो स्तरमा झरेर गालिगलौज गरेका छन । अडियोमा सुनिएअनुसार उनले ती नेपालीलाई अपहरण गर्ने सम्मको धम्की दिएका छन् ।

 

 

मन्त्री आलेले भारतमा रहेका एक नेपाली युवालाई बसेकै ठाउँबाट उठाईदिने र मारिदिने धम्की समेत दिएका छन् । मन्त्री आलेले निकै तल्लो स्तरमा झरेर ती नेपालीलाई धम्क्याएका छन् । ती नेपालीको त कहाँ छन् तेरो ठेगाना ले तँलाई अहिले उठाइदिन्छु समेत भनेको सुनिन्छ ।

 

उठाइदिने, उडाईदिने र काटिदिने भन्दै एउटा सार्वजनिक पदमा बसेको ब्यक्तिले निर्लज्ज बनेर बोलेका छन् । अडियोमा प्रेम आलेले आफूलाई अत्यन्त तल्लो स्तरमा झारेर बोलेका छन् ।

साताकाे चर्चित
सम्बन्धित