कर्णाली प्रदेश सरकारको प्रवक्तामा योजनामन्त्री विष्ट
कर्णाली प्रदेश सरकारको प्रवक्तामा योजनामन्त्री विष्ट

प्रदेश सरकार मन्त्रिपरिषद् बैठकमा भएका निर्णय एवं काम कारबाहीका सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट सञ्चार गर्न प्रवक्ता तोकिएको मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो ।

    • बेल संचार

    • ४ फाल्गुन २०७८, बुधबार

कर्णाली,
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई तोक्नुभएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद् बैठकमा भएका निर्णय एवं काम कारबाहीका सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट सञ्चार गर्न प्रवक्ता तोकिएको मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो । आफ्नै दल नेपाली कांग्रेसबाट माघ २३ गते आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गरिएका हिमबहादुर शाहीलाई भने उहाँले प्रवक्ता तोक्नुभएको छैन ।

उहाँले तोकिएको जिम्मेवारी प्रचलित कानूनबमोजिम उत्तरदायीपूर्ण तरिकाले बहन गर्न निर्देशन दिँदै प्रवक्ता विष्टलाई बधाईसमेत ज्ञापन गर्नुभएको छ । विष्टलाई सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) बाट मुख्यमन्त्री शाहीले योजनामन्त्रीमा गत मङ्सिर १४ गते नियुक्त गर्नुभएको थियो ।

साताकाे चर्चित
सम्बन्धित