२०२१ भर जापानमा कार्यस्थल दूघर्टनामा मर्ने वा बिरामी हुनेको संख्या १ लाख १७ हजारभन्दा धेरै
२०२१ भर जापानमा कार्यस्थल दूघर्टनामा मर्ने वा बिरामी हुनेको संख्या १ लाख १७ हजारभन्दा धेरै
    • बेल संचार

    • ५ फाल्गुन २०७८, बिहीबार

जापानमा गत वर्ष कार्यस्थलमा दूघर्टना हुँदा वा कामसँग सम्बन्धित बिरामीका कारण १ लाख १७ हजार भन्दा धेरैले ज्यान गुमाएको वा बिरामी भएको पाइएको छ ।श्रम, स्वास्थ्य तथा कल्याण मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार सन् २०२१ मा जापानभर कार्यालयमा काम गर्ने सिलसिलामा दूघर्टनामा परेर ज्यान नै गुमाएका वा चोटपटक लागेका वा अंगभंग भएकाहरुको कुल संख्या १ लाख १७ हजार ८७५ रहेको छ ।

यो अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत धेरै भएको बताइएको छ । यसमा कोभिडका कारण ज्यान गुमाएका वा बिरामी भएकाहरुको संख्या समावेश गरिएको छैन । समीक्षा अवधिमा औद्योगिक दूघर्टनामा परेर ७२३ जनाको ज्यान गएको छ । यो सन् २०२० को तुलनामा २६९ धेरै हो ।

कोरोना भाइरसको महामारीका कारण जापानभर श्रम बजारमा श्रमिकको अभाव छ । यस्तो अवस्थामा कामको चाप बढ्दा दूघर्टना बढेको छ । त्यस्ता दूघर्टनामा मर्ने र घाइते हुने वा बिरामी पर्नेको संख्या बढेको अनुमान गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित