नेपाली महिला फुटबल टिमका पूर्वप्रशिक्षक हरि खड्कालाई पाँच हजार जरिवाना
नेपाली महिला फुटबल टिमका पूर्वप्रशिक्षक हरि खड्कालाई पाँच हजार जरिवाना

खड्का २०५९ साल पुस १४ गते प्रहरी नायब निरीक्षक पदमा बढुवा भएका थिए।

    • बेल संचार

    • ५ फाल्गुन २०७८, बिहीबार

नेपाली महिला फुटबल टिमका पूर्वकप्तान हरि खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै पाँच हजार जरिवाना हुने फैसला सुनाइएको छ।

नक्कली शैक्षिक प्रमाण-पत्र लिएर प्रहरी सहायक निरीक्षक (असई) मा नियुक्त भएर जागिर खाएको आरोपमा खड्काविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। सोही मुद्दामा खड्कालाई विशेष अदालतले दोषी ठहर गरेको हो।

विशेष अदालतका रजिस्ट्रार अशोककुमार क्षेत्रीले हरि खड्काले नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएको स्वीकार गरेपछि अदालतले उनलाई पाँच हजार जरिवाना सुनाएको सेतोपाटीलाई बताए।

खड्का २०५५ साल कात्तिक १ गते असईमा भर्ना भएका थिए। उनी महानगरीय प्रहरी गण नम्बर २ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रीय खेलकुद गतिविधिमा कार्यरत् थिए।

खड्का २०५९ साल पुस १४ गते प्रहरी नायब निरीक्षक पदमा बढुवा भएका थिए। खड्का हाल भने सेवा निवृत्त भइसकेका छन्।

नेपाल पुलिस क्लबबाट सन् २००३ देखि २००६ सम्म खेलेका खड्का त्यसपछि ६ वर्ष पुलिस फुटबल टिमको व्यवस्थापकीय भूमिका रहेका थिए। त्यसपछि खड्काले पुलिसको जागिरबाट राजीनामा दिएका थिए।

उनी गत वर्ष राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड सदस्य नियुक्त भएका थिए। मन्त्रिपरिषद् बैठकले उनलाई राखेपको सदस्यमा नियुक्त गरेको थियो।

खड्का अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको तर्फबाट सर्वाधिक गोलकर्ता मध्येका एक हुन्।

सन् १९९५ देखि २००६ सम्म नेपाली राष्ट्रिय टिमबाट खेल्दा खड्काले अन्तर्राष्ट्रिय फुटबलमा १३ गोल गरे। उति नै गोल निराजन रायमाझीको नाममा पनि छ।

खड्का नेपाली राष्ट्रिय महिला फुटबल टिमको पूर्व प्रशिक्षक हुन्। नेपालमै २०७६ मंसिर १५ देखि २४ गतेसम्म भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि खड्काले प्रशिक्षकबाट राजीनामा दिए थिए।

साताकाे चर्चित
सम्बन्धित