प्रचण्डको अडान- प्रतिपक्षलाई सहमतिमा नल्याइ एमसीसी टेबल गर्न हुँदैन
प्रचण्डको अडान- प्रतिपक्षलाई सहमतिमा नल्याइ एमसीसी टेबल गर्न हुँदैन
    • बेल संचार

    • ६ फाल्गुन २०७८, शुक्रबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  अमेरिकी परियोजना एमसीसी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई सहमतिमा नल्याइ टेबल गर्न नहुने तर्क गरेका छन्।

बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको शीर्ष नेताहरुको बैठकमा उनले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार संसद् बैठकमा एमसीसी टेबल गर्नका लागि सता गठबन्धनको बैठक बोलाएका थिए।

उक्त बैठकमा सत्ता गठबन्धन निर्माण गर्दा फागुन १६ भित्र पारित गर्न एमसीसी मुख्यालयलाई पत्र लेखेका प्रचण्डले एमसीसी टेबल गर्नका लागि एमालेलाई मनाउनु पर्ने शर्त अगाडि सारेका हुन्।

प्रतिपक्ष एमालेले संसद् सुचारु गर्नका लागि सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने र नेकपा (एकीकृत समाजवादी)का नेताहरुलाई निलम्बन गर्नुपर्ने शर्त राख्दै आएको छ।

‘एमसीसी राष्ट्रिय महत्वको कुरा हो। एमालेलाई सहमतिमा ल्याउँ,’ उनले भने,‘त्यसो हुँदा संसद्मा बहस र छलफल हुन्छ। यो जनताको चासोको विषय भएकाले सुटुक्क पासफेल गर्ने अभ्यास राम्रो हुँदैन।’

प्रचण्डको भनाई उदृत गर्दै एक नेताले अध्यक्ष प्रचण्डले एमसीसी शुक्रबार टेबल नगर्ने पक्षमा आफ्नो कुरा राखेको बताए। उनको उक्त भनाइपछि सत्ता गठबन्धनको बैठक निष्कर्षमा पुग्न सकेन।

सत्ता गठबन्धनको बैठक भोलि विहान ९ वजेका लागि बोलाइएको छ। यता, प्रतिनिधि सभाको बैठक १ बजेका लागि बोलाइएको छ।

साताकाे चर्चित
सम्बन्धित