वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण मास्के भन्छन्– हृदयाघात वा मुटुरोगसम्बन्धी समस्याहरू जोसुकैलाई हुन सक्छ । लक्षण देखिएमा अनिवार्य चिकित्सकसँग परामर्श लिनुपर्छ ।
मुटुरोगको जोखिम केही दशकयता बढ्दै गइरहेको छ । अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र धुमपानका कारण युवाहरूमा समेत हृदयाघातको जोखिम बढिरहेको चिकित्सकहरूको भनाइ छ ।