नेपाल राष्ट्र बैकंले अर्धबार्षिक मौद्रिक नीति समिक्षा सार्वजनिक गरेको छ । यसमा राष्ट्र बैंकले घर जग्गा र शेयर एवं हायर पर्चेज कर्जाको बारेमा पुनरावलोकन गर्ने भन्दै कडाई गर्ने संकेत दिएको छ । साथै उत्पादन क्षेत्रको ब्याजदर भने घटाउने बताएको छ ।
यो व्यवस्था आगामी त्रैमासदेखि कुनै एक क्षेत्रबाट नमूनाको रुपमा कार्यान्वयनमा ल्याइने केन्द्रीय बैंकले जनाएको छ।
यसअघि सिविफिनले उत्पादनमूलक क्षेत्र र अन्य क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर फरक हुनुपर्ने सुझाव दिएको थियो।
यस्तै बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गरिने जनाएको छ।
हेर्नुस् मौद्रिक नीतिको पूर्ण पाठ :