रुसले आक्रमण गर्न सक्ने हल्ला फैलाउदै पश्चिमा देशहरुसँग सैन्य सहयोग लिईरहेको युक्रेनले आफ्नै देशका नागरिकमाथि बम बर्षाउन थालेको छ ।
रुसी सञ्चार माध्यमका अनुसार रुसी मुलका विद्रोहीहरुमाथि युक्रेनी सेनाले व्यापक बमबारी गरेको छ । युक्रेनले डोनबास क्षेत्रका विद्रोही मस्कोको सहयोगमा लडिरहेको दाबी गर्ने गरेको छ ।
यस हमलाबाट भएको मानवीय क्षतिको बारेमा केही उल्लेख गरिएको छैन । यस अघि क्रिमियामा पनि रुसी मुलका विद्रोही समुहको युद्धका कारण रुसको सहयोगमा क्रिमिया रुसमा विलय भएको थियो ।