टी–२० विश्वकप ग्लोबल छनोटः आज घरेलु टोली ओमानविरूद्ध खेल्दै नेपाल
टी–२० विश्वकप ग्लोबल छनोटः आज घरेलु टोली ओमानविरूद्ध खेल्दै नेपाल
    • बेल संचार

    • ६ फाल्गुन २०७८, शुक्रबार

नेपालले आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा आज घरेलु टोली ओमानविरूद्ध खेल्दैछ।

नेपाल र ओमानबीचको खेल बिहान ११ः४५ देखि अल अमरेत क्रिकेट स्टेडियममा सुरू हुनेछ। सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाउन नेपालले ओमानविरुद्ध जित निकाल्दै विजयी सुरुआत गर्न आवश्यक छ।

यो प्रतियोगिताअघि चार देशीय सिरिजमा नेपालले ओमानलाई हराएको थियो।

हालसम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ओमान र नेपालको भेट दुईपटक भएको छ। सन् २०१९ मा भएको पहिलो खेलमा ओमान ६ विकेटले विजयी भएको थियो । तर, यही ११ फेब्रुअरीमा भएको खेलमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो।

यसपालि टिमका महत्वपूर्ण सदस्यीय करण केसी र सोमपाल कामी छैनन्। पूर्णरूपमा फिट नहुँदा करण र सोमपालले विश्वकप छनोट गुमाएका हुन्।

टिममा तीव्र गतिका बलर करण केसीको स्थानमा गुल्शनकुमार झाले स्थान बनाएका छन्। केसी चोटका कारण टिमबाट बाहिरिएका हुन्।

नेपाली टिमका कप्तान सन्दीप लामिछानेले ओमानविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्नको लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् । सन्दीपले नेपाल उत्कृष्ट दुई टिमको रूपमा विश्वकप छनोट हुने दाबीसमेत गरे ।

टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्।

समूह ‘ए’ लाई पनि  समूह १ र समूह २ मा विभाजन गरिएको छ। समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छन्।

समूह १ र  २ का शीर्ष २–२ टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुग्ने दुई टिमले यहि वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्।

नेपालले विश्वकपमा स्थान पक्का गर्न सुरुमा समूह १ को शीर्ष दुईभित्र पर्नु पर्नेछ, त्यसपछि सेमिफाइनलको खेल जिते नेपाल यही वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी(२० विश्वकपमा छनोट हुनेछ।

नेपालको खेल 

नेपाल भर्सेस ओमान (ओमान एकेडेमी १)  फागुन ६
नेपाल भर्सेस फिलिपिन्स (ओमान एकेडेमी  २)  फागुन ७
नेपाल भर्सेस क्यानडा ( ओमान एकेडेमी १ ) फागुन ९
सेमिफाइनल १ र २ (ओमान एकेडेमी २(१ )  फागुन १०
फाइनल ( ओमान एकेडेमी १ ) फागुन १२

नेपाली टिम 

सन्दीप लामिछाने (कप्तान), शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहमद आसिफ शेख, मोमहद आरिफ शेख, अभिनास बोहरा, जितेन्द्रकुमार मुखिया, कमलसिंह ऐरी, विवेककुमार यादव, लोकेशबहादुर बम, सागर ढकाल, गुल्शनकुमार झा

वैकल्पिक खेलाडी
कुशल मल्ल, साहब अलाम, प्रदीप ऐरी

साताकाे चर्चित
सम्बन्धित