कमल थापाले प्रचण्ड-नेपाललाई भने: दोहोरो चरित्र बन्द गर्नुहोस्
कमल थापाले प्रचण्ड-नेपाललाई भने: दोहोरो चरित्र बन्द गर्नुहोस्

‘सडकमा ढुंगामुढा र टायर बाल्ने अनि सत्ताको मोह पनि नछोड्ने दोहोरो चरित्र बन्द गर्नुहोस्,’ उनले लेखेका छन्। 

    • बेल संचार

    • ६ फाल्गुन २०७८, शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल थापा ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई दोहोरो चरित्र बन्द गर्न भनेका छन्।

शुक्रबार उनले सामाजिक सञ्जालमार्फत् प्रचण्ड-नेपाललाई दोहोरो चरित्र बन्द गर्न भनेका हुन्।

‘सडकमा ढुंगामुढा र टायर बाल्ने अनि सत्ताको मोह पनि नछोड्ने दोहोरो चरित्र बन्द गर्नुहोस्,’ उनले लेखेका छन्।

एमसिसी विरूद्धमा भए खुलेर प्रतिवाद गर्न समेत सुझाव दिएका छन्।

‘एमसिसीविरुद्धमा हुनहुन्छ भने खुलेर प्रतिवाद गर्नुहोस्। सरकारमा बस्ने अनि सरकार कै विरोधमा सडकमा प्रदर्शन गर्ने ‘गाईजात्रा’ ले संविधान र व्यवस्था कै खिल्ली उडाएको छ,’ उनले थपे।

कमल थापाले माघ २५ गते आफ्नो गृह जिल्ला हेटौडा पुगेर राप्रपाबाट राजीनामा दिएका थिए। एकता महाधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजीत भएका थिए।

उनी अहिले राप्रपा नेपालका अध्यक्ष छन्।

साताकाे चर्चित
सम्बन्धित