शशांक कोइराला ,प्रधानमन्त्री देउवासँग दुई विकल्प, एमसिसी त्याग्ने कि गठबन्धन ?
शशांक कोइराला ,प्रधानमन्त्री देउवासँग दुई विकल्प, एमसिसी त्याग्ने कि गठबन्धन ?

प्रधानमन्त्री देउवासँग एमसिसी त्याग्ने कि त गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको उनले बताए। 

    • बेल संचार

    • ६ फाल्गुन २०७८, शुक्रबार

सत्तारूढ दल नेपाली कांग्रेसका सांसद शशांक काईरालाले नेपालले अमेरिकी सहयोग परियोजना एमसिसी पारित गर्नुपर्ने बताएका छन्।

उनले शुक्रबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग दुई वटा विकल्प भएको बताएका हुन्।

प्रधानमन्त्री देउवासँग एमसिसी त्याग्ने कि त गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको उनले बताए।

एमसिसी पास भएमा अहिलेको गठबन्धन टुट्नेमा दुई मत नरहेको उनले दाबी गरे।

‘एमसिसी नेपालको लागि राम्रो हो भन्ने जुन पक्ष छ, यसको विपक्षमा पनि धेरै मान्छेहरू उभिरहेका छन्। हाम्रो अस्तित्व नै डामाडोल हुन्छ। अमेरिकी सेना यहाँ आउँछन् भन्ने जस्ता धेरै कुराहरू छन् । ९ वटा मुलुकमा एमसिसी जुन चलिरहेको छ त्यसमा त कोही सेनाहरू परिचालन भएको छैनन्,’ उनले भने।

त्यसैलाई आधार बनाएर नेपालले एमसिसी पारित गर्नुपर्ने तर्क उनले गरे।

‘शेरबहादुरजीको अघि दुई उपाय छन्। एउटा एमसिसी पास गराउने हो कि सत्ता नबिग्रियोस् भन्ने हो। यो अप्सन उहाँले नै रोज्नुपर्छ। उहाँले कुन रोज्नुहुन्छ,’ उनले भने, ‘एमसिसी पारित गर्ने हो भने गठबन्धन टुट्न सक्ने देख्छु म। गठबन्धनलाई राख्ने हो भने एमसिसी छोड्नुपर्छ।’

उनले भने एमसिसी नै पारित गर्न सुझाव दिएका छन्।

‘एमसिसी पारित गरौं भन्ने मेरो सल्लाह हो। किनभने ५ सय मिलियन डलर धेरै हो। यसले ट्रान्समिसन लाइनदेखि बाटोसम्मको यत्रो ठूलो अनुदान हतपति कसैले दिँदैन। यसको पछि उनीहरूको कुनै स्वार्थ छैन भन्ने मलाई लाग्छ,’ उनले भने।

साताकाे चर्चित
सम्बन्धित