२४औं बेइजिङ हिउँदे ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। फेब्रुअरी १ तारिखदेखि चलेको २० दिने प्रतियोगिता आइतबार सम्पन्न भएको हो।
चिनियाँ समयअनुसार आइतबार राति ८ बजे बर्डनेस्ट राष्ट्रिय रंगशालामा आयोजित समापन समारोहमा चीनका राष्ट्रपति सी चिनफिङ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखलगायत सहभागी थिए।
यस प्रतियोगितामा १६ स्वर्ण, ८ रजत र १३ कास्यका साथ नर्वे पहिलो भयो। यस्तै, १२ स्वर्ण, १० रजत र ५ कास्यसहित जर्मनी दोस्रो बनेको छ
आयोजक चीनले तेस्रो स्थानमा चित्त बुझायो। चीनले ९ स्वर्ण, ४ रजत र २ कास्य जितेको छ। चौथो स्थानमा रहेको अमेरिकाले ८ स्वर्ण १० रजत र ७ कास्य जित्यो।
अब यसपछि १३औं हिउँदे पारा ओलम्पिक आगामी २ सातामा सुरू हुनेछ। पारा ओलम्पिक मार्च ४ देखि १३ तारिखसम्म चीनको बेइजिङ र चाङ च्या खौ सहरमा हुने छ।