सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १४ हजार ५४४ पुगेको छ ।
योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९२५ पुगेको छ भने ९ लाख ५२ हजार ५९९ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै १० वर्ष मुनिका १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १७ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौं उपत्यकामा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ७७, ललितपुरमा ११ र भक्तपुरमा ८ जना कोरोना संक्रमित छन् ।
यस्तै कास्कीमा १५, झापा र मोरङमा १२/१२ जना, सुनसरी र चितवनमा १०/१० जना, तनहुँमा ७, नुवाकोटमा ६ तथा पाँचथर र बाँकेमा ५/५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयलये जनाएको छ ।