रुसी प्रवेश गर्न खोजेका ५ युकेनी सेना मारिएको रुसी सेनाको दाबी
रुसी प्रवेश गर्न खोजेका ५ युकेनी सेना मारिएको रुसी सेनाको दाबी
    • बेल संचार

    • १० फाल्गुन २०७८, मंगलवार

रुसी सेनाले आफनो मुलुकको सीमा क्षेत्रमा पार गर्न खोजेका पाँच युकेनी सेना मारिएको दाबी गरेको छ । दुबै देशबीच तनावपूर्ण स्थिति बनेका बेला रुसी सञ्चार माध्यममा यो खबर सार्वजनिक भएको हो । पाँच युकेनी सेना मारिनुका साथै दुई वटा युकेनी सेनाको बख्तरबन्द गाडी ध्वस्त पारिएको रुसी सेनाको दाबी छ ।
रोस्तोभ क्षेत्रमा यो घटना भएको रुसको दक्षिणी सैन्य जिल्ला सनाले टवीटर मार्फत यो जानकारी दिएको छ ।

सो क्षेत्रमा युकेनी सेनाको मोर्टर पहारबाट सेनाको पोष्ट क्षतिगस्त भएको रुसले बताएको थियो ।

यसैबीच युकेनका अधिकारीहरुले रुसी सञ्चार माध्यममा आएका समाचारलाई फेक न्युज भन्ने टिप्पणी गरेका छन । युक्रेनले रुसी सेनामा घुसपैठको कुनै गतिविधि नगरेको युक्रेनका विदेशमन्त्रीले टवीटरमा उल्लेख गरेका छन् ।

साताकाे चर्चित
सम्बन्धित