विश्वकप पुग्ने नेपालको सपना अधुरो, युएईसँग ६८ रनले पराजित
विश्वकप पुग्ने नेपालको सपना अधुरो, युएईसँग ६८ रनले पराजित
    • बेल संचार

    • ११ फाल्गुन २०७८, बुधबार

सन् २०२२ मा अष्ट्रेलिया हुने टी–२० विश्वकपमा पुग्ने नेपालको सपनामा अधुरो रहेको छ । ओमान स्थित अल अमिरात क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको हो ।

युएईले दिएको १७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १८.४ ओभरको नोक्सानीमा १०७ रनमा अलआउट हुनपुग्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २० रन जोड्दा आरिफ शेखले ११ रन जोडे ।

ad

 

विवेक यादव ८, कुशल भुर्तेल ७, कमल ऐरी ४ र कप्तान सन्दीप लामिछाने ४ रनमा आउट भए । आसिफ शेख र लोकेश बमले खाता खोल्न सकेनन् । युएईका अहमेद राजाले ५ तथा जुनदे सिद्द्कीले ३ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।

युएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय इनिङ्स खेले । भृत्य अरबिन्दले ४६ रन जोडे । रोहन मुस्तफा ९ रनमा अविजित रहदा अहमेद राजा ६ रनमा अविजित रहे ।

नेपालका जितेन्द्र मुखिया र अविनाश बोहराले ३/३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।

साताकाे चर्चित
सम्बन्धित